चिउरी गाउँको दर्दनाक दृश्य (तस्बिरहरू)

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका-१ गाउँ यति बेला शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परी चिउरी गाउँका १३ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा कसैले ५ वर्षीय छोरा गुमाएका छन् भने कसैले परिवारका ४ जना सम्म । गाउँका अधिकांश घरमा मानवीय क्षति भएपछि आइतबार उनीहरूको सामूहिक दाहसंस्कार गरिएको छ । गाउँका सबै मिलेर शवहरूलाई भेरी नदी किनारमा ल्याएर सामूहिक दाहसंस्कार गरेका हुन् ।

चिउरी गाउँमा लगभग १०० घरधुरी छन् । यीमध्ये अधिकांश घरमा बस्न नमिल्ने गरी भत्किएका छन् । शुक्रबार राति घटना भएपछि सबै गाउँले केही पालको जोहो गरि बारीमा बस्न बाध्य भएको छन् ।

जाजरकोट को सदरमुकाम खलंगाबाट दक्षिणको यो गाउँ पुग्न १ घण्टा कच्ची बाटो पार गर्दै पुग्न सकिन्छ । स्थानीय अनुसार शुक्रबारदेखि निरन्तर पराकम्पहरू गइरहेका छन् । ‘त्यही त्रासमा अहिले बारीमा सुतिरहेका छौ, ‘बाहिर बस्नलाई त्रिपालसम्म पनि भएन, राहतका सामान आयो भन्छन् तर, अहिलेसम्म गाउँमा न कोही सहयोग गर्ने आए न कोही सरकारी संयन्त्र,’ उनीहरूको गुनासो छ ।

शुक्रबार रातिको भूकम्पले अहिले सम्म जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । भूकम्पले ९ सय ३७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *