भूकम्पको डरले खुला आकाश मुनि बास (तस्बिरहरू)

जाजरकोटका । शुक्रबार रातिको भूकम्पले ९ सय ३७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार पूर्णरुपमा क्षतिग्रस्त घरमध्ये ९०७ वटा जाजरकोटका हुन् ।

अहिले सम्म भूकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएको छ । जाजरकोट को सदरमुकाम खलंगामा भूकम्प पीडितहरू अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन् । शुक्रबार रातिदेखि नै जाजरकोटका नागरिकले खुला आकाशमुनि रात बिताउँदै आएका छन् ।

प्रभावित क्षेत्रका अधिकांश घरमा क्षति पुगेको छ। कतिपय घर ढलेका छन् त कतिमा चिरा चिरा परेको छ। पटकपटक गइरहेको परकम्पले पनि मानिसहरू घरभित्रै बस्न सकेका छैनन् । राहत का सामान आउने क्रम जारी छ र केही ठाउँमा राहत को त्रिपाल पुगे पनि अधिकांश ठाउँमा पीडितहरू खुला आकाश मुनि विना त्रिपाल र कति ठाउँमा आगोको भरमा रात बिताउनु पर्ने बाध्य भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *