भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २ लाख दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाका परिवारका लागि राहत घोषणा गरेको छ । आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि सुरु गरिहाल्ने सरकारले निर्णय गरेको छ ।

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पका कारण सयौँ घाइते भएका छन् भने करोडौँ बराबरको भौतिक क्षति भएको छ ।

याे पनि : भूकम्पबाट घाइतेको सरकारले निःशुल्क उपचार गर्ने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *