सुदूरपश्चिम सरकारले भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्प प्रभावितहरूको उपचारका लागी सुदूरपश्चिम सरकारले चिकित्सक र औषधि पठाउने भएको छ ।

मुख्यमन्त्री कार्यालयमा बसेको आकस्मिक मन्त्री परिषद् बैठकले प्रभावित क्षेत्रमा चिकित्सक र औषधि पठाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सामग्रीसहित २० जना स्वास्थ्यकर्मीको टोली पठाउने बताए ।

यस्तै सरकारले तत्काल प्रभावित क्षेत्रमा १ करोड रकम पनि सहयोग गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *