मुगुमा मारिएका ४ जनाको ८ दिनपछि दाहसंस्कार

मुगुकाे छायानाथ रारा नगरपालिका–६ मन्दुमा मारिएका सबैको दाहसंस्कार गरिएको छ।

घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको आज दाहसंस्कार गरिएको हो।

हत्याको कारण पत्ता नलागेको भन्दै मृतकका आफन्त दीपक बोहोराले शव बुझ्न नमानेपछि दाहसंस्कारमा ढिलाई भएको थियो।

यही कात्तिक ८ गते राति २८ वर्षीया आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरा मारिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 20 =