छुट्टाछुट्टै स्थानमा ६ जना मृत फेला

काठमाडौँ । पाँचथर, कुम्मायक गाउँपालिका–४ याक्से टोलस्थित धन बहादुर नेपालीको घरमा पाहुना आएका सोही गाउँपालिका–५ थर्पु बस्ने धनकुटा घर बताउने ५५ वर्षीय रमेश रोक्का आफू सुतेको खाटमा शुक्रवार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै गुल्मी, चन्द्रकोट गाउँपालिका–५ धुवाखर्क घर भई हाल सोही गाउँपालिका–४ शान्तिपुर श्रीलंका टोल डेरा गरी बस्ने धनमाया सार्कीकी छोरी १५ वर्षीया मनिसा रुचाल सोही गाउँपालिका–४ शान्तिपुरस्थित हुग्दी खोलामा मृत अवस्थामा फेला परेकी छन् ।
बिहीबार दिउँसो खेतमा धान उठाउने क्रममा सुर्ती लिन बजार गएकी उनको शुक्रवार शव फेला परेको हो ।
अर्का काठमाडौं, चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्ने ४२ वर्षीय रामशरण बस्नेत आफ्नै निमार्णाधिन घरमा शुक्रवार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै धादिङ, बेनिघाट रोराङ गाउँपालिका–३ मलेखुस्थित त्रिशूली नदीको किनारमा सोही गाउँपालिका–३ सलाङघाट बस्ने ८३ वर्षीया गोमा देवी पाण्डे शुक्रवार मृत अवस्थामा फेला परेकी छिन् ।
काभ्रे, पाँचखाल नगरपालिका–२ डाँडाखेत बस्ने ३५ वर्षीय उद्धव प्रसाद चौलागाई सोही ठाउँस्थित कुलेसोमा शुक्रवार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै शुक्लाफाँटा नगरपालिका–१ गणेशपुर बस्ने ५५ वर्षीय प्रेम सिंह ऐर आफ्नै घरमा शुक्रवार मृत अवस्थामा फेला परेका छन् ।








