भारतीले तोडिन अनसन
२०८० कार्तिक १६ गते

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएसँगै भारती मानन्धरले अनशन तोडेकी छन् ।
माइतीघरमा समर्थकको हातबाट जुश पिएर भारतीले अनसन तोडेकी हुन् ।
बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगललाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो ।
चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएर संविधान दिवसको दिन छुटेका थिए ।
चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले उक्त निर्णयविरूद्ध गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
२०८० कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित








