संसद ठूला भनिएका तीन दलहरू बाहेकका लागि अनुदार छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद ठूला भनिएका तीन दलहरू बाहेकका लागि अनुदार रहेको आरोप लगाएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ठूला भनेका दलको सिण्डिकेट संसदमा लादिने काम भएको बताए ।

उनले संसदमा दर्ता भएका सङ्कल्प प्रस्तावहरूको छलफल नचलाउँदा असान्दर्भिक हुन पुगेकोप्रति संसदको ध्यानाकर्षण गराए । उनले नागरिक र सरोकारवालको सुझाव नलिई कानुन बनाउने प्रवृत्तिका कारण कानुनहरू राम्रो बन्न नसकेको दाबी गरे ।

उनले संसदले सत्ता पक्षको बहुमतको बलमा कानुन बनाउँदा जनताको राय लिने स्वाभाविक प्रक्रियालाई निरुत्साहित गरेको आरोप लगाए ।

उनले भने ‘ठूला भनेका दलको सिण्डिकेट लादिने यो संसदमा सङ्कल्प प्रस्ताव कार्यसूचीमै चढ्न सकेन । बेलैमा छलफल नचलाउँदा ती प्रस्ताव अहिले असान्दर्भिक भएका छन् । तर समस्याको दीर्घकालीन समाधानको लागि प्रस्ताव ढिलो चाँडो छलफल चलाउनै पर्छ । नागरिक र सरोकारवालको सुझाव नलिई कानुन बनाउने प्रवृत्तिका कारण कानुनहरू राम्रो बन्न नसकेको बताउनु भयो । कानुन बनाउनुअघि जनतासमक्ष लैजानुपर्ने रास्वपाको प्रस्ताव थियो । तर यो संसदले सत्ता पक्षको बहुमतको बलमा कानुन बनाउँदा जनताको राय लिने स्वाभाविक प्रक्रियालाई निरुत्साहित गरियो । कानुन बनाउँदा राय लिऊँ भन्ने बहुमतको बलमा पेलिँदो रहेछ । यो संसद ठूला भनिएका तीन दलहरू बाहेकका लागि अनुदार छ ।’

सभापति लामिछानेले विदेश भ्रमणले देशको इज्ज्त बढेपनि अर्थतन्त्र चलायमान बन्न नसकेकोप्रति दुःख व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =