सडक दुर्घटना न्यूनीकरण गर्न एमाले सांसद भट्टराईको माग
२०८० कार्तिक १६ गते

काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले सडक दुर्घटना न्यूनीकरण गर्न सरकारलाई आग्रह गरेकी छिन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले गत वर्ष सडक दुर्घटनामा २ हजार ३२० जनाको मृत्यु भएको बताउँदै नियमनकारी निकायलाई नियमन गर्न आग्रह गरिन् ।
सडकको अवस्था र चालकको लापरबाहीले सडक दुर्घटना बढेको उनले बताइन् ।
२०८० कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित








