आममाफी दिएर जेलबाट छाडिएका व्यक्ती अपहरणको धम्की दिँदै फिरौती मागेको आरोपमा पक्राउ

डाँका मुद्दामा आममाफी दिएर जेलबाट छाडिएका व्यक्ति फेरि अपहरणको धम्की दिएर फिरौती मागेको आरोपमा पक्राउ परेका छन्।

मकवानपुरको हेटौँडा महानगरपालिका २ घर भएका ५५ वर्षका रामचन्द्र थापा ९ वर्षको कैद भुक्तान नसकिँदै गत जेठ १५ गते राष्ट्रपतिबाट आममाफी पाएर छुटेका थिए।

तर उनी चितवनमा अपहरण तथा ज्यान मार्ने धम्कीको अभियोगमा पुनः पक्राउ परेका छन् ।

थापाले भरतपुर महानगरपालिका १ का सोमराज सुवेदीलाई फोन गरी २५ लाख रुपियाँ नदिए छोराको हत्या गर्ने धम्की दिएको आरोप छ।

पैसा नदिए विद्यालय गएको समयमा छोराको हत्या गर्ने धम्की दिएपछि चितवन प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनले हिन्दी भाषामा टेलिफोन गरी फिरौती रकम मागेका थिए।

थापा २०६६ सालदेखि नै विभिन्न अपराधमा संलग्न भएको खुलेको छ । यसअघि ४ पटकसम्म विभिन्न कसुरमा संलग्न थापाले डाँका मुद्दामा ९ वर्षको जेल सजाय काट्दै थिए । उनी ४ वर्ष ६ महिना ३ दिनमै आममाफी पाएर छुटेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =