इजरायलसँगको सीमा विवादकाबीच हजारौँ परिवार लेबनानबाट पलायन

एजेन्सी । इजरायल-हमास द्वन्द्वसँगै हजारौँ परिवार दक्षिण लेबनानबाट पलायन भएका छन् । नगरपालिका र सुरक्षा एजेन्सीहरूको गरेको तथ्यांकअनुसार सीमा तनाव सुरु भएदेखि लेबनान-इजरायली सीमा नजिकका गाउँ र शहरहरुबाट ३० हजार भन्दा बढी मानिसहरू विस्थापित भएका हुन् ।

नाबतीहमा रहेको लेबनानकी रेडक्रस प्रकोपको व्यवस्थापन समितिका प्रमुख तलाल अल हलाबीले करिव १५ सय परिवार नाबातीह र टायरमा, ८ सय हासबाया क्षेत्रमा र ७ सय परिवार दक्षिणपूर्वी लेबनानको अन्य गाउँहरुबाट विस्थापित भएको बताए । उनीहरू विद्यालय र गेस्ट  हाउसमा विस्थापित भएको बताइएको छ ।

लेबनान र इजरायली सीमामा भएको आक्रमणले अहिलेसम्म लेबनानमा ४७ हिजबुल्लाह लडाकुसहित ५८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 14 =