इजरायलमा ज्यान गुमाएका थप दुई नेपालीको शव पहिचान

इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका थप दुई जना नेपालीको शव पहिचान भएको छ। सोमबार साँझ तेल अबिबस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै थप दुई नेपालीको शव पहिचान भएको जानकारी गराएको छ।

७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

तीमध्ये मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साहको शव पहिचान भएको दूतावासले जनाएको छ।

‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ’, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 4 =