विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को प्रतिवेदन तयार गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को प्रतिवेदन तयार गरी समितिको आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशन दिएको छ ।
सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
समितिको निर्देशन सुनाउँदै समिति सचिव मनोजकुमार गिरीले समितिले विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को सम्बन्धमा दफावार छलफल सम्पन्न गरेको बताए ।
उनले समिति सचिवालयलाई समितिले आगामी बैठकमा छलफलका लागि पेस गर्नेगरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको बताए ।
उनले भने ‘विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को सम्बन्धमा समितिले आज दफावार छलफल सम्पन्न गरेको छ । समिति सचिवालयलाई समितिले आगामी बैठकमा छलफलका लागि पेस गर्नेगरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय र कानुन मन्त्रालयसँगको समन्वयमा सचिवालयले प्रतिवेदन तयार गर्नेछ । र १६ गते बस्ने बैठकबाट पारित हुनेछ ।’
सचिव गिरीले सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय र कानुन मन्त्रालयसँगको समन्वयमा सचिवालयले प्रतिवेदन तयार गर्ने र कार्तिक १६ गते बस्ने समितिको बैठकबाट पारित गर्ने बताए ।








