बारामा प्रिन्सिपलमाथि गोली प्रहार, टाउको र घाँटीमा लाग्यो गोली
२०८० कार्तिक १३ गते

काठमाडौँ । बारामा मोटरसाइकल चढेर आएका व्यक्तिहरूले एक जना शिक्षकमाथि गोली प्रहार गरेका छन् ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि सोमबार दिउँसो करिब सवा १ बजेतिर गोली प्रहार गरेका हुन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार उनको टाउको र घाँटीमा गोली लागेको छ ।
गोली लागेर घाइते भएका स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्ज लगिएको उनले बताए ।
दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
२०८० कार्तिक १३ गते
प्रतिक्रिया
सम्बन्धित








