पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका व्यक्तिको शव फेला

काठमाडौँ । पोखरा महानगरपालिका–२५ हेम्जास्थित च्यायाखले खोलाको ड्याममा डुबेका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।

सोही महानगरपालिकाको म्यागदीचोक बस्ने २० वर्षीय संजय गोतामे साउन ११ गते दिउँसो करिब १ बजे पौडी खेल्ने क्रममा उक्त खोलाको ड्याममा डुबेर बेपत्ता भएका थिए ।

सो बारे जिल्ला प्रहरी कार्यालय कास्कीले सशस्त्र प्रहरी बल नेपाल नंं. कालिका गण कास्कीलाई जानकारी गराएपश्चात् उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो ।

सो टोलीले खोजीकार्य गर्ने क्रममा दिउँसो साढे दुई बजे करिब १८ फिट गहिराइबाट उनको शव निकालेको सशस्त्र प्रहरी निरीक्षक निमित्त शाखा प्रमुख दल कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twenty =