स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँ नगदसहित एक जना पक्राउ
२०८० कार्तिक १३ गते

महोत्तरी । जलेश्वर नगरपालिका–७ बखरी चोकबाट स्रोत नखुलेको नगद १३ लाख २० हजार रुपैयाँसहित भारत सितामढी थाना बेला पञ्चायत बस्ने ४० वर्षीय अरूण पंजियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोस्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले सम्सीबाट जलेश्वरतर्फ आउँदै गरेको ना।३ ख २८७८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पंजियारलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले बताएको छ ।
२०८० कार्तिक १३ गते
प्रतिक्रिया
सम्बन्धित








