चीनसँगको सीमापार लेनदेनलाई सहज बनाउन पाकिस्तानमा आरएमबी क्लियरिङ बैंक सुरु
२०८० कार्तिक १३ गते

एजेन्सी । चीनसँगको सीमापार लेनदेनलाई सहज बनाउन पाकिस्तानमा आरएमबी क्लियरिङ बैंक सुरु भएको छ ।
इन्डस्ट्रियल एण्ड कमर्शियल बैंक अफ चाइना (आइसीबिसी) ले पाकिस्तानी र चिनियाँ व्यवसायी र वित्तीय संस्थाहरूलाई सीमापार लेनदेनहरू मिलाउन र दुई देशको वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि रेन्मिन्बी (आरएमबी) क्लियरिङ बैंक खोलेको हो ।
शुक्रवार पाकिस्तानको राजधानी इस्लामवादमा आयोजित उद्घाटन समारोहमा पाकिस्तान र चीनका अधिकारी, विज्ञ र व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
यस सुविधाअन्तर्गत आइसीबिसीले लेनदेनको क्लियरिङ र सेटलमेन्ट सेवाहरू प्रदान गर्नेछ । पाकिस्तानमा सहभागी बैङ्कहरूका लागि आरएमबी खरिद, बिक्री, उधारो, वा लेनदेनको व्यवस्था गर्न सुविधा प्रदान गर्नेछ ।
२०८० कार्तिक १३ गते
प्रतिक्रिया
सम्बन्धित








