महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको भ्रमण (तस्बिरहरू)

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् ।

आइतबार अपराह्न उनले पाटन दरबार क्षेत्रको अवलोकन गरेका हुन् । पाटन दरबार क्षेत्रको भ्रमणका क्रममा उनलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका छन् ।

साथै उनलाई मेयर महर्जनले ललितपुर दरबार क्षेत्रमा भ्रमण गराएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली, सत्तारुढ प्रमुख दलका नेता शेरबहादुर देउवासँग भेट गरेका छन् ।

उनले मङ्गलवार पोखरा, सोलुखुम्बुस्थित सगरमाथाको बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, लुम्बिनी लगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

      

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =