चीनले जिम्बाबेलाई नयाँ संसद् भवन बनाइदियो 

एजेन्सी । चीनले अनुदानमा निर्माण गरेको जिम्बाबेको नयाँ संसद् भवन जिम्बाबेलाई हस्तान्तरण गरेको छ । यो संसद् भवन चीनले अनुदानस्वरुप जिम्बाबेका लागि बनाइदिएको हो ।

३३ सय वर्ग मिटरको संयुक्त फ्लोर स्पेसको यो भव्य संरचना हस्तान्तरण गरेको हो । अत्याधुनिक संरचना ग्रेट जिम्बाबेबाट प्रेरित यो संरचना मध्ययुगिन शहरलाई मध्यनजर गर्दै निर्माण गरिएको हो ।

 भवन हस्तान्तरण समारोहमा बोल्दै जिम्बाबेका राष्ट्रपति इमर्सन मनांगाग्वाले नयाँ संसद् भवन देशको सबैभन्दा भव्य र आधुनिक भवनमध्येको एक भएको बताए ।  दुवै पक्षले पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र अन्य क्षेत्रमा व्यवहारिक सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =