इजरायलमा मृत्यु भएका नेपालीहरूको सम्मानमा मङ्गलवार राष्ट्रिय शोक, मृतकका परिवारलाई १० लाख राहत

काठमाडौँ । सरकारले इजरायलमा आक्रमणमा परी मृत्यु भएका नेपालीहरूको सम्मानमा मङ्गलवार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले इजरायलको किबुज अल्मी भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० जना नेपालीको निधन भएकोमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताइन् ।

सरकारले दिवङ्गत भएका नेपालीप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गर्ने र देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

सरकारले परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन पहल गर्ने, स घटनामा परी निधन भएका नेपालीका परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

त्यस्तै इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीव्रता दिने एवं घाइतेको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने, इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहनेको विवरण अनलाइन प्रणालीमार्फत सङ्कलन गरी परराष्ट्र मन्त्रालयमा पठाउने, स्वदेश फर्किन चाहने इजरायलमा रहनुभएका नेपालीहरूलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल दिन अनुरोध गर्ने, अध्ययन लगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध गर्ने निर्णय गरेको छ ।

उनले भनिन् ‘असोज २० गते दक्षिण इजरायलको किबुज अल्मी भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० जना नेपालीको निधन भएकोमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषण गर्ने । देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने । परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउने छ । यस घटनामा परी निधन भएका नेपालीका परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख उपलब्ध गराउने । इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीव्रता दिने एवं घाइतेको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने । इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहनेको विवरण अनलाइन प्रणालीमार्फत सङ्कलन गरी परराष्ट्र मन्त्रालयमा पठाउने । स्वदेश फर्किन चाहने इजरायलमा रहनुभएका नेपालीहरूलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल दिन अनुरोध गर्ने ।

अध्ययन लगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध गर्ने ।

इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फिर्तामा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने ।’

सरकारले इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फिर्तामा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =