तस्बिरमा हेर्नुहोस् शीतल निवासको टिका

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएका छन् । राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर शीतलनिवासमा टीका र प्रसाद ग्रहणको व्यवस्था मिलाएको थियो ।

राष्ट्रपतिबाट टीका, प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्र सेवकका लागि अपराह्न २ देखि ३ बजेसम्म समय तोकिएको थियो ।

सर्वसाधारणका लागि टीका, प्रसाद ग्रहण गर्ने समय अपराह्न ३ देखि ५ बजेसम्म तोकिएको थियो । राष्ट्रपतिबाट टीका, प्रसाद ग्रहण गर्न चाहनेहरूलाई मर्यादित पोसाकमा १ नं प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्ने व्यवस्था थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 5 =