सेप्टेम्बरमा अस्ट्रेलियाको बेरोजगारी ३.६ प्रतिशतमा झर्यो
२०८० कार्तिक ५ गते

सिन्ह्वा । सेप्टेम्बरमा अस्ट्रेलियाको बेरोजगारी ३.६ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएको छ ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित मासिक श्रमशक्ति तथ्यांकअनुसार अस्ट्रेलियाको अर्थतन्त्रले अगस्ट र सेप्टेम्बरको बीचमा ६ हजार ७ सय रोजगारी थपेको छ ।
तथ्याङ्कबारे जवाफ दिँदै कोषाध्यक्ष जिम चाल्मर्सले २०२२ मा सत्ताधारी लेबर पार्टीले सत्ता प्राप्त गरेदेखि ५ लाख ६१ हजार ५ सय सम्म रोजगारी सिर्जना गरेको बताए ।
यो सङ्ख्या कुनैपनि सरकारले पहिलो कार्यकालमा सिर्जना गरेको सबैभन्दा धेरै रोजगारी हो ।
एबीएसले अगस्ट र सेप्टेम्बरको बीचमा बेरोजगारीमा गिरावट आउनुको कारण श्रम बलमा मानिसको सङ्ख्यामा आएको कमी भएको बताएको छ ।
२०८० कार्तिक ५ गते
प्रतिक्रिया
सम्बन्धित








