कैलाली र कञ्चनपुरबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौँ । कैलाली, धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय ५० मिलिग्रामसहित सोही एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपमहानगरपालिका–४ बोराडाँडी बस्ने २२ वर्षीय विज्ञान बस्नेतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका–९ ब्रह्मदेब बजारबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ३७ मिलिग्रामसहित सोही नगरपालिका–१० बस्ने २४ वर्षीय प्रमल नाथलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय ब्रह्मदेबबाट खटिएको प्रहरीले भारत टनकपुरबाट नेपालतर्फ आउँदै गरेको म.१ प ७१३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक प्रमललाई उक्त लागूऔषधसहित पक्राउ गरेको
हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =