बेलायती प्रधानमन्त्री इजरायल भ्रमणमा, द्वन्द्वको बीचमा समर्थन गर्ने वाचा

काठमाडौँ । भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री ऋषि सुनकले इजरायल र इस्लामिक प्रतिरोध आन्दोलन (हमास) बीच जारी द्वन्द्वका बीच इजरायललाई बेलायतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै सुनकले आफू इजरायलसँग मित्रको रूपमा उभिएको र इजरायलले युद्ध जित्ने आशा राखेको बताए ।

नेतान्याहुले इजरायललाई युद्धको लागि निरन्तर समर्थन आवश्यक रहेको बताए ।

प्रधानमन्त्री सुनकले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग पनि भेट गरे । भेटका क्रममा इजरायललाई समर्थन गर्न र गाजामा मानवीय सहायताका लागि आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =