दसैँमा पिङको मज्जा, चचहुई… (तस्बिरहरु)
२०८० कार्तिक ४ गते

काठमाडौँ । दसैँको विशेषता र मनोरञ्जनमा पिङ पनि एक हो । त्यसमध्ये पनि खासगरी लिङ्गे पिङ । पिङ खेलिरहँदा मनोरञ्जन र स्वास्थ्य, दुवै पक्ष राम्रो हुन्छ । त्यसैलेनै भनिएको होला, दसैँमा एक पटक भूँई छाड्नुपर्छ ।
जब दसैँ आउँछ, गाउँघरतिर लिंगे पिङ बनाउने होड सुरु हुन्छ । खुला एवं अग्लो स्थानमा पिङ बनाउन सुरु भएसँगै गाउँघरमा दसैको रौनक पनि भित्रिन्छ । केटाकेटी, तन्नेरी मात्र होइन, बुढाबुढी समेत पिङ खेल्न झुम्मिन्छन् ।
तर आजकाल समय परिवर्तन भए सँगै लिङ्गे पिङ फाट्टफुट्ट मात्र देख्न पाइन्छ । लिंगे पिङ खेल्नु स्वास्थको दृष्टिकोणले पनि फाइदाजनक छ । लिंगे पिङ खेल्दा मच्याउनका लागि उठ्ने र बस्ने गरिन्छ । यसले हाम्रो पेटको राम्रो व्यायाम हुनपुग्छ ।

२०८० कार्तिक ४ गते
प्रतिक्रिया
सम्बन्धित








