प्यालेस्टाइन-इजरायल द्वन्द्वको बिचमा टर्कीले डिजेलको मूल्य बढायो
२०८० कार्तिक २ गते

एजेन्सी । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच जारी द्वन्द्वका बिच टर्कीले डिजेलको मूल्य बढाएको छ । अक्टोबर ७ मा डिजेलको मूल्य २.९२ टर्किस लिरा (०.१० अमेरिकी डलर) ले घटाएको टर्की सरकारले यस पटक २.२३ (०.०८ डलर) ले मूल्य बढाएको हो ।
वृद्धिपछि टर्कीको सबैभन्दा ठूलो शहर इस्तानाबुलमा एक लिटर डिजेल इन्धनको लागत ३९.६१ लिरा (१.४२ डलर) छ । पेट्रोलको मूल्य प्रतिलिटर ३३.६४ लिरा (१.२१ डलर) रहेको छ ।
२०८० कार्तिक २ गते
प्रतिक्रिया
सम्बन्धित








