निम्बस इन्टरनेशनलद्वारा इलेक्ट्रिक स्कुटर ‘ओकाया’का सबै उपलब्ध मोडेलहरू बिक्रीको घोषणा

पुल्चोक । निम्बस इन्टरनेशनल कम्पनी प्रा।लि। इलेक्ट्रिक स्कुटर ओकाया स्कुटरका सबै उपलब्ध मोडेलहरूको नेपालमा आधिकारिक विक्रीको घोषणा गरेको छ ।

सोमबार पुल्चोकस्थित ओकाया स्कुटर शोरुममा भव्य शुभारम्भ कार्यक्रममार्फत यो घोषणा गरिएको हो ।

प्रभावशाली रेन्ज र गति एकपटकको चार्जमा १४०–१६० किमीको असाधारण रेन्ज र ७० किमी प्रतिघण्टाको उच्च गति भएको कम्पनीले बताएको छ ।

अत्याधुनिक प्रविधि २००० डब्लु–बिएलडिसि–हब मोटरद्वारा सञ्चालित र उच्च क्षमताको ७२ भि ३० ए एच ८ २ (४.४ के डब्लुएच) लिथियम आयन एल एफ पी ब्याट्री जसले कडा सुरक्षा मापदण्डहरू पूरा गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले स्कुटरमा तीन वर्षको वारेन्टी पनि समावेश रहेको र ब्याट्री, मोटर सवारहरू दुवैलाई निश्चिन्तता प्रदान गरेको बताएको छ ।

स्टाइलिस रङहरूको विविधताः ओकाया स्कुटर छ वटा बेग्लाबेग्लै आकर्षक रङहरूमा उपलब्ध हुने जनाएको छ ।

कम्पनीका अनुसार ओकाया इलेक्ट्रिक भेइकल्सद्वारा भारतमा निर्मित ओकाया स्कुटरले नेपालमा तीन वटा फरक मोडलहरू प्रदान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *