डोल्मो घिसिङको ‘हे मेरी आमा’ गीत सार्वजनिक (भिडियो)

काठमाडौँ । डोल्मो घिसिङ तामाङको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ ।

डोल्मो घिसिङको प्रस्तुति, शब्द र सङ्गीत रहेको उक्त गीतलाई उनकै अफिसियल युट्युब च्यानल डोल्मो घिसिङ तामाङमार्फत बजारमा ल्याएको हो ।

बुद्ध स्याङ्बाको सङ्गीत संयोजन, मिक्सिङ र मस्टरिङ रहेको उक्त गीतलाई गायक एवं सङ्गीतकार राज कुमार दोङ तामाङ र गायिका रश्मी दोङ तामाङको आवाज रहेको छ ।

भिडियोमा उनै गायक एवं सङ्गीतकार राजकुमार दोङ र याङगी दोङको अभिनय देख्न सकिन्छ ।

निशल बस्नेतले छायाङ्कन गरेको उक्त म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन, युवराज वाइबाले निर्देशन, लोमुस पौडेलले सह–निर्देशन गरेका हुन् ।

भिडियो :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *