एसिसी यू–१९ प्रिमियर कप

बहराइनलाई पराजित गर्दै नेपाल सेमिफाइनल नजिक

काठमाडौं । एसिसी यू–१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ ।

जितको लागि ७८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा देव खनाल २७ बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे ।

अर्जुन कुमाल ३१ बलमा ५ चौकासहित ३२ रनमा आउट भए । ओपनर दीपक बोहरा ४, उत्तमथापा मगर डक र दीपक प्रसाद डुम्रे एक रनमा आउट भए । बहराइनका अन्स ओबैद सैइदले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।

बायाँ हाते युवा स्पिनर दीपेश कँडेलको घातक बलिङको सहयोगमा उक्र जित दर्ता गरेको हो ।

बहराइनलाई हराएसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ । लगातार दोस्रो जितका साथ नेपाल समूह ए को शीर्षस्थानमा छ ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अल आउट भएको थियो । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ७७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालले अन्तिम खेल बिहीबार साउदी अरेवियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ ।

प्रतियोगितामा हरेक समूहमा चार गरि चार समूह छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् ।

तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । साउदी अरेविया १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =