इजरायलबाट फर्किनेलाई अब दूतावासले टिकट काटिदिने, नियमित फ्लाइटमै पठाइने

इजरायलबाट अब चाटर्ड फ्लाइट नहुने भएको छ। इजरायलबाट नियमित रूपमा व्यवसायीक उडान भइरहेकाले स्वदेश फर्किन चाहने नेपालीलाई तिनै फ्लाइट मार्फत फर्काइने भएको छ।

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूलाई चाटर्ड फ्लाइट मार्फत ल्याउने निर्णय गरेपनि अब भने नियमित फ्लाइटबाटै फर्काइने भएको हो।

शुक्रवार राति २५३ जना विद्यार्थीलाई भने परराष्ट्र मन्त्री आफैं नेपाल एयरलाइन्समा गएर स्वदेश फर्काएका थिए।

अब फर्किनेको पनि हवाई टिकट भने सरकारले नै बेहोर्नेछ।

अब स्वदेश फर्किन चाहने नेपालीको टिकट इजरायलस्थित नेपाली दूतावासले काटिदिनेछ।

नेपाल फर्किनको लागि हालसम्म थप २०० जना भन्दा बढीले अनलाइन आवेदन भरेका दूतावासले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =