विश्वप्रकाशको टिप्पणी– ओली ८ सिटेको पछि लागे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा शर्माले दलहरूबीच जति नै मतभेद् र तिक्तता भए पनि मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।

शर्माले नयाँ दलहरूको आगमनसँगै पुराना दलको योगदानलाई पनि भूल्न नहुने भन्दै नयाँ दलको ऊर्जासँगै संस्कृति पनि नयाँ बनाएर जानुपर्ने बताए । देशमा केही बनेको भन्दै मुलुकका लागि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए ।

शर्माले ६२–६३ को आन्दोलनपछि एमाले ९ पटक र कांग्रेस ८ पटक सरकारमा गएको भन्दै देशमा भएका राम्रोका काम र नराम्रा कामको सबैले जिम्मेवारी लिनुपर्ने बताए । उनले एमाले अध्यक्ष केपी ओलीले कांग्रेस ३२ सीटे माओवादीको पछि हिँडेको टिप्पणी गरेको स्मरण गर्दै अहिले कोसीमा एमाले ८ सीटको पछि लागेको व्यंग्य गरे ।

महामन्त्री शर्माले झापामा एमाले उदार भएका कारण आफू संसदमा आउन सफल भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 1 =