देशको अर्थनीति डामाडोल छ : नेता कोईराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले कांग्रेस एकजुट भए कसैले पनि परास्त गर्न नसक्ने बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक उपलब्धि धेरै भइसकेको बताए ।
उनले जनताको मनमा छुनसके कसैले पनि पराजित गर्न नसक्ने बताए । उनले देशको अर्थनीति डामाडोल रहेको बताए । उनले नेपाली काँग्रेसलाई एकजुट पार्न आवश्यक रहेको बताए ।
उनले भने ‘राजनीतिक उपलब्धि त धेरै भइसक्यो, ७० वर्षपछि संविधान पायौँ, यो सबैभन्दा ठूलो उपलब्धि हो । चुनौती त धेरै छन् । हामी एकजुट भयौँ भने जतिसुकै अरू दल मिलुन्, हामीलाई परास्त गर्न सक्दैनन् । मलाई न भाषण गर्न आउँछ न केही, तर मैले जनताको मन छोएको छु । हाम्रो अर्थनीति डामाडोल छ । तर हाम्रो दृष्टि प्रस्ट हुनुपर्छ । नेपाली काँग्रेसलाई एकजुट पारौँ । एकजुट भए योजना आयोगको तर्जुमा गर्दा दीर्घकालीन योजना कुन कस्तो बनाउने रु जनतालाई छुनेगरी बनाउने हो की होइन ।’
नेता कोईरालाले एकजुट योजना तर्जुमा गर्दा दीर्घकालीन योजना बनाउनुपर्ने बताए ।








