संयुक्त राष्ट्र संघद्वारा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको प्रवर्द्धन गर्ने प्रस्ताव पारित

सिन्ह्वा । संयुक्त राष्ट्र संघले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको प्रवर्द्धन गर्ने प्रस्ताव पारित गरेको छ ।

बिहीबार संघको मानव अधिकार परिषद्ले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको प्रवर्द्धन र संरक्षणका लागि उत्कृष्ट अभ्यास र सुदृढ ज्ञान केन्द्र स्थापना गर्न आह्वान गर्ने प्रस्ताव पारित गरेको हो ।

चीन, बोलिभिया, इजिप्ट, पाकिस्तान, दक्षिण अफ्रिका, सिरिया र भेनेजुएला लगायतका देशहरूको समूहले पहल गरेको असमानतालाई सम्बोधन गर्ने सन्दर्भमा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको प्रवर्द्धन र संरक्षण गर्ने शीर्षकको प्रस्ताव मतदान बिना नै पारित गरिएको हो ।

प्रस्तावमा यी अधिकारको प्रवर्द्धनमा पहल गर्नका लागि परिषद्को ५७ औँ अधिवेशनमा प्यानल छलफलका लागि आह्वान गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fifteen =