कस्तो छ चलचित्र परदेशी २ ? कलाकारहरु भन्छन्– अर्का हिरो थपिए

काठमाडौं । नेपाली चलचित्र परदेशी २ आजबाट प्रदर्शनमा आएको छ ।

शुक्रवारबाट देशभरका हलहरुमा चलचित्र प्रदर्शनमा आएको हो ।

चलचित्र हेरिसकेपछि रंगपत्रकारसँग कुरा गर्दै अभिनेता दीपकराज गिरीले प्रकाश सपुतको अभिनय एकदमै उत्कृष्ट रहेको र पहिलो फिल्म जस्तो नलाग्ने बताए ।

उनले प्रकाश सपुतले अभिनयमा पनि आफूलाई प्रमाणित गर्नसक्ने देखिएको बताए ।

उनले अभिनेताको रुपमा प्रकाश सपुत उदाएको बताउनु भयो । अर्को दशैँमा आफूहरुको फिल्म ल्याउने घोषणा गरे ।

त्यस्तै वरिष्ठ कलाकार मनोज गजुरेलले फिल्मको दोस्रो भाग उत्कृष्ट रहेको बताए । उनले गाउँ घरमा देशमा युवाहरु नहुनु र गाउँ रित्तो हुने जस्ता समस्या फिल्ममा देखाइएको बताए ।

त्यस्तै अभिनेत्री वर्षा शिवाकोटीले फिल्म राम्रो भएको प्रतिक्रिया पाएको बताइन् ।

अभिनेता प्रकाश सपुतले राम्रो प्रतिक्रिया पाएको र दर्शकहरुले धेरै रुचाएको प्रतिक्रिया दिए ।

त्यस्तै अभिनेत्री केकी अधिकारीले दर्शकहरुले फिल्मले मन छोएको जस्तो प्रतिक्रिया दिइरहेको बताइन् ।

गायक प्रकाश सपुतको डेब्यु चलचित्र ‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको चलचित्र ‘परदेशी’को सिक्वेल हो ।

चलचित्रमा सपुतसँगै नायिकाहरु केकी अधिकारी, वर्षा शिवाकोटी, रमा थपलिया र नायकहरु दिलिप रायमाझी र नीर शाहको अभिनय छ ।

चलचित्रलाई गायक तथा संगीतकार नारायण रायमाझीले निर्देशन गरेका हुन् ।

विदेशिएका नेपाली युवाले भोग्नुपरेको कथा समेटिएको चलचित्रलाई नारायण रायमाझी र राजेश वंशलले मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *