१७ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक किशोर पक्राउ

बर्दिया । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती किशोरीलाई सोही नगरपालिका–३ गोदानास्थित घरमा लागि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भुरीगाउँबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यलयका अनुसार पीडितलाई ललाई फकाई गर्ने ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बस्ने २९ वर्षीय अतल बहादुर थारूलाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =