माया र पारिवारिक कारण बिछोड देखाइएको ‘तेही देउरालीमा’ गीत सार्वजनिक (भिडियो)

काठमाडौँ । गायिका प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको ‘तेही देउरालीमा’ बोलको गीत बजारमा आएको छ ।

काठमाडौँको टुसालस्थित सेफ चोइस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी गीत सार्वजनिक गरिएको हो । गायिका प्रेमा शेर्पा चटौतको अफिसियल युटुब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो ।

गायिका शेर्पाको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शी गीतको म्युजिक भिडियो विमोचन कार्यक्रम गायक एवं सङ्गीतकार कर्साङ लामाको सभापतित्व, नेपाल राष्ट्रिय सङ्गीतकर्मी सङ्घ बागमती प्रदेशका अध्यक्ष दावाफिन्जो तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

पारीजात नेपालमा व्यवस्थापक लीलाराज बानिँयाको स्वागत मन्तव्यबाट सुरु गरिएको उक्त कार्यक्रममा सञ्चारकर्मी शरण हुमागाईँले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै अध्यक्ष दावाफिन्जो तामाङले आफू सङ्गीत र यस सँग सम्बन्धित क्ष्रेत्रको विकासको निम्ति आफू लागी परेको बताए । उनले गायिका प्रेमा शेर्पालाई शुभकामना दिए ।

सभापति कर्साङ लामाले सहकार्यमा उत्कृष्ट गीत बनेको र दर्शकहरूले मन पराउनेमा विश्वस्त रहेको बताए । गायिका प्रेमा शेर्पाले आफूलाई साथ सहयोग र हौसला प्रदान गर्नुहुनेहरुप्रती आभार प्रकट गरिन ।

डीएनडी तामाङको शब्द, कर्साङ लामाको सङ्गीत र सङ्गीत संयोजन रहेको उक्त गीतलाई पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।गीतको म्युजिक भिडियोमा उर्मिला कार्की, कार्साङ लामा, किरण श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय समावेश गरिएको छ ।

सन्तोष पराजुलीको प्राविधिक सहयोगमा रामेश्वर हुमाागाईंले छांयाकन गरेको म्युजिक भिडियोलाई राजु श्रेष्ठले निर्देशन गरेका हुन । उक्त गीतमा बाल्यकालदेखिको माया र पारिवारिक कारण बिछोड भएको कुरा समावेश गरिएको छ ।

भिडियो :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *