लाओस–नेपाल उस्तै टिम हुन्, जित्नेगरी खेल्छौँः रोहित चन्द

काठमाडौं । फुटबल वल्र्ड कप–२०२६ क्वालिफायर्स एशिया जोन राउण्ड–१ अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तिब्र पारेको छ ।

असोज २५ गते दशरथ रङ्गशालामा हुने लाओससँगको खेलका लागि तयारी तिब्र पारेको हो ।
फिफा वरियतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छन् ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले हाल २५ सदस्यीय नेपाली टोलीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गरिरहेका छन् ।

प्रशिक्षकले मंगलवार अभ्यासका क्रममा तयारी राम्रो रहेको बताए । उनले लाओससँग खेल्नका लागि आफूहरु सबै किसिमले तयार रहेको बताए ।

त्यस्तै खेलाडी रोहित चन्दले नेपाल र लाओस एकै स्तरको टिम भएकाले राम्रोसँग खेल्नुपर्ने बताए ।

उनले तयारी राम्रो भएको र नयाँ खेलाडीहरु भएकाले जोश जाँगर रहेको बताए । नयाँ खेलाडीलाई आफूहरुको अनुभव सिकाउने बताए ।

उनले लाओससँगको म्याचमा फोकस र एक वर्ष व्यस्त हुने भएकाले लाओससँग जित्नेगरी खेल्ने बताए ।

नेपाल र लाओसबीचको खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ तीन सय र भिआइपी पाराफिटतर्फ पाँच सय कायम गरिएको छ ।

खेलको टिकट एन्फा आफैँले बिक्री गर्नेछ । सो प्रतियोगिताका लागि ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + seven =