शिक्षा विधेयकमा अखिल क्रान्तिकारीको आपत्ति

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) ले संसदमा पेस भएको विद्यालय शिक्षा विधेयक २०८०का विषयमा १३ बुँदे धारणा सार्वजनिक गरेको छ ।

सोमबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले सङ्गठनको १३ बुँदे धारणा सार्वजनिक गर्दै शिक्षा विधेयक २०८० संविधानको मौलिक हक विपरीत रहेकोले अफूहरुलाई अमान्य भएको बताएकी छन् ।

हालै शिक्षकहरूले आन्दोलन गरिसकेपछि सरकारले मौलिकहक विपरीत हुने गरेर सहमति गरेकोमा आपत्ति जनाउँदै सहमतिका कतिपय विषय कार्यान्वयन गर्न नहुने उनको जिकिर छ ।

सिंहले विद्यालयका शिक्षक सतप्रतिशत खुल्ला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिनु पर्ने माग राखिन् । ‘माइतीघर मण्डलामा भिड जम्मा गरेर विद्यालय शिक्षा विधेयक प्रभावित पार्न पाइँदैन, यति धेरै लाइसिन्स लिएका विद्यार्थिहरु छन् उनीहरूलाई समेत अन्याय हुनेगरी शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्नु गलत हुन्छ ।’

उनले भनिन् ‘हाम्रो शिक्षालाई राजनीतिक अखडा बनाउनु हन्न, शिक्षकको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट हुनुपर्छ, यदि मागहरू सरकारले सम्बोधन नगरे सडक सङ्घर्षमा जान बाध्य हुने छौँ ।’

शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानी नियमन र सेवामूलक बनाउनु पर्नेमा राज्यले केही मुठ्ठीभर माफियाहरूको स्वार्थका लागि सरकार उत्तरदायित्वबाट पन्छिएको भन्दै आपत्ति जनाइन् ।

सो सङ्गठनका उपाध्यक्ष नरेश रेग्मीले सार्वजनिक विद्यालयमा पढाउने शिक्षकहरूले आफ्ना छोराछोरीलाई निजी विद्यालय भन्दा पनि अनिबार्यरुपमा सार्वजनिक विद्यालयमै पढाउने व्यवस्था जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =