विप्लक प्रतिकद्वारा अनुवादित ‘यौटा सपनाको अवसान’ पुस्तक सार्वजनिक

काठमाडौँ । अर्थर मिलरद्धारा लिखित ‘डेथ अफ सेल्सम्यान’ को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’ वी रिडले सार्वजनिक गरेको छ ।

ललितपुरमा आयोजित एक कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतिक, निर्देशक अनुप बराल र गोविन्द पराजुली, साउन्ड र प्रोडक्सन डिजाइन देव न्यौपाने, नाटककै कलाकारहरू दिया मास्के, विकास जोशी, सुरज मल्ल, अभिषेक खड्का र अविरल प्रताप अधिकारीले नाटकको पुस्तक विमोचन गरेका हुन् ।

नाटक ‘यौटा सपनाको अवसान’ ०७९ चैतमा मण्डला थिएटरमा मञ्चन गरिएका थियो । मण्डलमा ३३ दिनसम्म चलेको नाटकको ३६ वटा शो मञ्चन गरिएको वि रिडले जनाएको छ ।

विमोचन कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतिकले नाटक मञ्चनदेखि लिखित पुस्तक बजारमा ल्याउनु खुसीको कुरा रहेको बताए ।

नाटक मञ्चन हुँदासम्म यसको लिखित पुस्तक बजारमा ल्याइने तय नभएको उनको भनाइ छ ।

‘डेथ अफ सेल्सम्यान’ को अनुवाद र नाटक मञ्चन गर्नु जीवनकै उत्कृष्ट काम रहेको उनले बताए । नाटकमा मलाई भूमिका दिएपनि कार्यव्यस्तताका कारण आफूले गर्न नसकेको उनले सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *