इजरायलमा हमासको आक्रमणमा ७ नेपाली घाइते

हमासको आक्रमण लगत्तै कार्यस्थल छाडेर सेल्टर लगिँदै गरेका ७ नेपाली घाइते भएका छन्।आक्रमणपछि १४ नेपालीलाई लैजाँदै गर्दा ७ जना नेपाली घाइते भएको इजरायलस्थित नेपाली दुतावासले जनाएको छ।

दूतावासका अनुसार नेपालीहरु बसेको शेदेत नेगेबका बस्तीहरुमा हमासले आक्रमण गरेको छ। त्यसमध्ये एउटा ठाउँमा काम गरिरहेका १४ नेपालीमध्ये ७ जना घाइते भएका हुन्।

घाइते नेपालीको नाम परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्ने भएको छ। दूतावासको तथ्यांक अनुसार इजरायलमा ४५ सय नेपाली छन् ।

गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिलेसम्म ४० को मृत्यु भएको र हजार बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =