इजरायलमा युद्ध घोषणा, हमासको आक्रमणमा २२ जनाको मृत्यु

काठमाडौं । इजरायलले प्यालेस्टाइनको हमासविरुद्ध शनिवार युद्धको घोषणा गरेसँगै मध्यपूर्वमा अशान्ति मच्चिएको छ ।

प्यालेस्टिी विद्रोहीहरूले इजरायलमाथि रकेट आक्रमण गरी २२ जनाभन्दा बढीको हत्या गरेपछि इजरायलले युद्ध घोषणा गरेको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देश युद्धमा रहेको घोषणा गरेका छन् । उनले यसबाट हमासले ठूलो मूल्य चुकाउने चेतावनी समेत दिएका छन् ।

इजरायली सेनाले अहिले गाजामा हवाई कारबाही थालेको छ ।

हमासका सैन्य कमाण्डर मोहम्मद डैफले हमास मिडियामा सम्बोधन गर्दै इजरायलमाथिको आक्रमण सुरू भएको बताएका थिए ।

उनले जुनसुकै ठाउँमा रहेका प्यालेस्टाइनीहरूलाई लडाइँमा भाग लिन आह्वान गरेका थिए ।

‘यो संसारमा भएको अन्तिम अतिक्रमणलाई समाप्त गर्ने विशाल लडाइँको दिन हो,’ उनले भनेका छन् ।

इजरायलमाथि ५ हजार रकेट प्रहार गरिएको उनको दाबी छ । हमास र इजरायलबीच सन् २०२१ मा पछिल्लो लडाइँ भएको थियो । उक्त लडाइँ १० दिनसम्म चलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =