लेकसाइडको होटलबाट चिनियाँ पर्यटकले हामफाले

पोखरा । पोखरामा एक चिनियाँ पर्यटकको उपचारको क्रममा मृत्यु भएको छ । पोखराको लेकसाइडस्थित एक होटलको तेस्रो तलाबाट हामफालेका ती चिनियाँ पर्यटकको उपचारको क्रममा मृत्यु भएको हो ।

गत बिहीबार राति पौने १ बजेतिर तेस्रो तलाबाट हामफालेका चिनियाँ नागरिक ४१ वर्षीय सन ग्याङ्ग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

मध्यरातमा हामफालेपछि गम्भीर घाइते भएका उनलाई सुरुमा गण्डकी मेडिकल कलेजमा लगिएको तर त्यहाँ उपचार सम्भव: नभए पछि पोखरा अस्पताल लगिएको थियो तर उपचारको क्रममा नै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । उनको शुक्रबार दिउँसो निधन भएको हो ।

उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । उनी दुई हप्तादेखि सोही होटलमा बस्दै आएका थिए । उनले आत्महत्याको प्रयास गरेको हो कि चिप्लिएर लडेको हो ? भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =