विदेशी धर्म लाउने षड्यन्त्रले सद्भाव खलबलियो : कमल थापा
२०८० असोज २० गते

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको महारोगले सद्भाव खलबलिएको बताएका छन् । धरान, मलंगवा, वीरगन्ज र नेपालगन्जलगायतका क्षेत्रमा सामाजिक र धार्मिक सद्भाव खलबलिए पछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘धार्मिक सद्भाव र सह अस्तित्व सनातन धर्म संस्कृति र नेपालको विशिष्टता हो,’ थापाले भनेका छन्, ‘धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृति विस्थापित गरी विदेशी धर्म लाउने षड्यन्त्र भएपछि धर्म परिवर्तनको महारोगले सद्भाव खलबलिएको हो।’
थापाले धार्मिक सद्भाव कायम राख्न सबैले पहलकदमी लिनु पर्ने पनि बताएका छन् । ‘सनातन धर्म संस्कृतिको रक्षा गरौँ, धर्म परिवर्तन रोकौँ, सद्भाव आफै कायम हुन्छ,’ उनले आग्रह गर्दै भनेका छन् ।
२०८० असोज २० गते
प्रतिक्रिया
सम्बन्धित








