६१ किलो सुन प्रकरण : २५ जना कारागार चलान, रुक्मिनालाई ५ लाख धरौटीमा रिहा गर्न आदेश
२०८० असोज १९ गते

६१ किलो सुन प्रकरण २५ जना कारागार चलान भएका छन्। भन्सार एजेन्ट रुक्मिना सुब्बासँग ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले १९ दिन लामो सुनुवाईपछि यस्तो आदेश दिएको हो। भदौ ३१ गते सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २९ जनामाथि मुद्दा दायर गरेको थियो।
काठमाडौंमा जिल्ला अदालतमा दायर मुद्दामा तीन अर्ब ५० करोड रुपैयाँ बिगो दाबी गरिएको छ।
सुरुमा राजश्वले बरामद गरेको सुन प्रकरणमा पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको थियो।
उनीहरुविरुद्ध अवैध चोरी पैठारी, नेपाल राष्ट्र बैंक ऐन र संगठित अपराधसमेतको कसुरमा मुद्दा चलाइएको छ। हङकङबाट ब्रेक शुमा लुकाएर ल्याएको सुन साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो।
२०८० असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित








