मानसिक स्वास्थ्य सम्बन्धी नाटक ‘ब्युँझिएको सिरानी’ (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘ब्युँझिएको सिरानी’ मञ्चन भइरहेको छ । वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सह प्रस्तुतिमा तयार भएको नाटक यही १६ गतेदेखि मञ्चन भइरहेको हो ।

कलाकार तथा कोरियोग्राफर जेडी तमूले निर्देशन गरेको नाटकमा मानसिक स्वास्थ्यको विषयलाई उठाउँदै मानसिक दुर्बलतामाथिको मौनता तोड्ने प्रयास गरिएको छ । असोज २८ गतेसम्म मञ्चन हुने नाटकमा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ती मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापा, सृजना भट्टराईलगायत कलाकारको अभिनय रहेको छ ।

नाटकमा अनिल सुब्बाले कला निर्देशन गरेका छन् । गायिका झुमा लिम्बुले संगीत संयोजन गरेको नाटकमा प्रवृति राई, नवीन बयल्कोटी र आयुषले संगीत दिएका छन् । नाटक सोमबार बाहेक हरेक साँझ ५ बजे र शनिबार दिउँसो १ बजे मञ्चन हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *