सरकार इन्द्रजात्रा मनाएर मस्त सुतिरहेको छ : कांग्रेस सांसद गिरी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।
बिहीबार सङ्घीय संसद भवनको परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार भर्खर इन्द्रजात्रा मानेर जयप्रकाश सुते सुतेको टिप्पणी गरे ।
उनले नेपाल अहिले वृद्धहरूको मात्रै देश भएको बताए । उनले सरकारले जनताका कामहरू सशक्त रूपमा अघि बढाउनुपर्ने बताए ।
उनले भने ‘सरकार त भर्खर इन्द्रजात्रा मानेर उही जयप्रकाश सुतेका थिए नि त्यसैगरी सरकार सुतेको छ । सरकार भयो भन्दैमा हामीले सबैकुरा मान्नुपर्ने भन्ने छ । म सांसद हुँ । जनताको प्रतिनिधि हुँ । नेपाल अहिले सेतो कपाल मात्रैको देश भएको छ । भयावह अवस्था छ, नाजुक छ । सरकार सुतिरहनु भएन, सरकार मन्त्रीहरू सशक्त ढङ्गले पोसिली बनाएर अघि बढ्नुपर्छ । हामी आर्थिक रूपमा जर्जर अवस्थामा गइरहेका छौँ । त्यसलाई सुधार्नु पर्छ । सरकार उही विदेश जाने, के जाने ? यो गर्नु हुँदैन । संविधानले बनाएको मिश्रित प्रणाली बदल्नुपर्छ ।’
उनले संविधानले बनाएको मिश्रित निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।








