एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेर स्वदेश फर्कियो नेपाली क्रिकेट टिम
२०८० असोज १८ गते

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज (बिहीबार) स्वदेश फर्किएको छ । चीनमा जारी एसियन गेम्समा सहभागिता जनाएको क्रिकेट टिम नेपाल आइपुगेको हो ।
एसियन गेम्समा नेपाल भारतसँग क्वार्टर फाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
नेपालले समूह चरणमा भने सानदार प्रदर्शन गरेको थियो । पहिलो खेलमा मङ्गोलियामाथि कीर्तिमानी जीत हात पारेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको थियो ।



२०८० असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित








