नेपालगन्जको अनिश्तिकालिन कर्फ्यु अहिले सामान्य बन्दै (तस्बिरहरू)

काठमाडौँ । अनिश्तिकालिन कर्फ्युको घोषणा गरिएको नेपालगन्जको अवस्था अहिले सामान्य बन्दै गएको छ ।

बाँके प्रशासनले कर्फ्यु लगाएपछि मानिसहरू अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएका छैनन् । धार्मिक हिंसा बढ्न सक्ने जोखिम बढदैं गएपछि नेपालगन्जमा मङ्गलवार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो ।

नेपालगन्ज अहिले सुरक्षाकर्मीको नियन्त्रणमा छ । भरतबाट नेपाल आउने र नेपाल बाट भारत जानेहरूलाई भने सुरक्षाकर्मीहरूले स्कटिङ गरी गन्तव्य सम्म पुगाउने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डांगीले जानकारी दिए ।

एक युवाको फेसबुक स्टाटसको विषयलाई लिएर विवाद बढदैं गएपछि हिन्दु र मुस्लिम युवाहरूबिच विवाद उत्पन्न भएको थियो ।

अवस्था तनावपुणर् बन्दै गएपछि मङ्गलवार दिउँसोदेखि नेपालगन्ज उप९महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाँकेले नगरक्षेत्रभित्र अनिश्चितकालिन कर्फ्यु लगाएको छ ।

     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =