अल्टिमा लाइफस्टाइए ब्रान्डको ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ बजारमा

काठमाडौँ । चर्चित उदयीमान नेपाली ब्रान्ड – अल्टिमा लाइफ स्टाइलले आफ्नो उपभोक्ताका लागि अत्यधिक किफायती मूल्यमा सुविधाजनक आधुनिक विशेषताहरूले सजिएको नयाँ दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको स्मार्टवाचका मोडलहरू – ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ रहेका छन् । अल्टिमा वाच सर्कल अमोलेद स्मार्टवाच हो भने अल्टिमा वाच म्याजिक प्रो एक किफायती आधुनिक विशेषतायुक्त स्मार्टवाच हो ।

यी विशिष्ट वेरबलहरुले स्मार्टवाचको अपेक्षाहरू आमूल परिवर्तित गर्नुको साथै नयाँ युगको प्रविधिबाट प्रभावित शैली र व्यवहारिकता ल्याउनेमा विश्वस्त रहेको कम्पनीले बताएको छ ।

‘अल्टिमा वाच सर्कल’ यही असोज १७ (अक्टोबर ४( मा आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच सर्कल विशेष मूल्य रु. ३,९९९ – मा खरिद गर्न सक्नेछन् र । यो परिचयात्मक मूल्य सीमित सङ्ख्याको लागि मात्रै प्रवर्धन गरिएको हो तत्पश्चात् अल्टिमा वाच सर्कलको बजार मूल्य रु. ५,९९९ रहने बताइएको छ ।

अल्टिमा लाइफस्टाइए नेपालको सबैभन्दा छिटो अघि बढिरहेको वेरेवल एसीसोरीज (पहिरन योग्य) ब्रान्ड हो । सङ्गीत उत्साही र व्यायाम उत्साही माझ लोकप्रिय बनेको अल्टिमा लाइफस्टाइलले सही मूल्यमा उत्कृष्ट सुविधाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *