भरतको ‘तिम्रै मोया छ’ गीत सार्वजनिक (भिडियो)

काठमाडौँ । गायक भरत लिमेल मगरले ‘तिम्रै मोया छ’ बोलको गीत बजारमा ल्याएका छन् ।

खोटाङको बराहपोखरी गाउँपालिका–१ पिप्लेमा जन्मिएका गायक मगरको नयाँ गीति सङ्ग्रह ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो ओएसआर डिजिटल नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हुन् ।

दिनेश सुवेदीको शब्द तथा करसाङ लामाको सङ्गीत रहेको ‘तिम्रै मोया छ’ बोलको गीतमा गायक मगरसँगै चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गीति म्युजिक भिडियोमा चर्चित नायिका रस्मिला तामाङ तथा जीवन बस्नेत, किरण मगर, राजु श्रेष्ठ, परिश्ना बस्तोला र भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा–२०८०’ अन्तरगत नृत्य विद्याका उपविजेता सुवास विश्वकर्माले अभिनय गरेका छन् ।

राजु श्रेष्ठले निर्देशन गरेको यो म्युजिक भिडियोमा मनोज तामाङको कोरियोग्राफी रहेको छ । बासु न्यौपानेले खिचेको म्युजिक भिडियोको सम्पादन अर्जुन खड्काले गरेको गायक मगरले जानकारी दिए ।

रावासावा प्राज्ञिक समाज नेपालका महासचिव तथा खोटाङ कलाकार समाज काठमाडौँमा समेत आबद्ध रहेका गायक मगरको यो सातौँ गीति सङ्ग्रह भएको बताइएको छ । गायक मगरले यसअघि मायाको आशैमा, भञ्ज्याङ र चौतारी, मनको कुरा, सहारा र तिमीलाई पाउँ जस्ता गीति सङ्ग्रहहरू बजारमा ल्याइसकेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएका गायक मगर काठमाडौँ लिटल ब्लोजम स्कुल नयाँबजार, भक्ति इन्टरनेश्नल एकेडेमी बुढानीलकण्ठ र प्रगति बोर्डिङ हाई स्कुल बालाजुमा अध्यापनसमेत गर्दै आएका छन् । ‘गाउँदै–पढाउँदै’ गर्ने गायक मगरले लोक–आधुनिक भाकामा निर्माण गरेको यो म्युजिक भिडियोमा माया/पिरतीका कुरा गरिएको छ ।

भिडियो :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *